निरन्तर ओरालो यात्रामा सेयर बजार, कारोबार रकम पनि घट्यो

काठमाडौं । सेयर बजारको ओरालो यात्राले आज (मंगलबार) पनि निरन्तरता पाएको छ । मंगलबार उतारचढावका बीच नेप्से सामान्य अंकले घटेको हो ।
सेयर बजार मापक नेप्से परिसूचक ६.३२ अंकले घटेर २ हजार ६६९.८२ बिन्दुमा झरेको छ ।
यस दिन कारोबार रकम पनि घटेको छ । आज ४ अर्ब ४१ करोड ३३ लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार साढे ५ अर्ब माथिको कारोबार भएको थियो ।
कारोबार अवधिभर ३०३ कम्पनीको ८७ लाख ६८हजार ५६६ कित्ता सेयर किनबेच भएको छ ।
यस दिन ९ उपसूचक राताम्य बनेको छ । व्यापार, लघुवित्त, उत्पादन तथा प्रशोधन र होटल एण्ड पर्यटन समूह भने बढेका छन् ।