पाँचौं दिनपछि लयमा फर्कियो सेयर बजार, नेप्सेसँगै बढ्यो कारोबार रकम « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

पाँचौं दिनपछि लयमा फर्कियो सेयर बजार, नेप्सेसँगै बढ्यो कारोबार रकम



काठमाडौं । लगातार पाँचौं दिनसम्म घटेको बजारमा आज भने लय फर्किएको छ । यसदिन सेयर बजार मापक नेप्से परिसूचक ४५.८८ अंकले बढेको हो । यो सँगै बजार परिसूचक २७१५.७१ बिन्दुमा उक्लिएको छ ।

यस दिन कारोबार रकम पनि बढेको छ । बुधबार ५ अर्ब ५ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ । ३०८ कम्पनीको १ करोड १३ लाख ८६ हजार ८५४ कित्ता सेयर किनबेच भएको छ ।

२११ कम्पनीको सेयर मूल्य बढ्दा २९ कम्पनीको मूल्य घटेको छ । ३ कम्पनीको भने स्थिर छ ।

यस दिन म्युचुअल फण्डबाहेक अन्य सबै सूचकमा हरियाली छाएको छ । आज बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्