एकैदिन थप तीन वटा कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कसको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एकै दिन तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
मंगलबार दुई लघुवित्त र एक हाइड्रोपावर कम्पनीको ३३ लाख ३१ हजार बढी कित्ता बोनस सेयर सेयर बजारमा थपिएको हो ।
उक्त दिन स्वावलम्बन लघुवित्तको १४.२५ प्रतिशत बापतको २० लाख ६६ हजार २५० कित्ता, अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्टको ३ प्रतिशत बापतको ११ लाख २० हजार ७७८ र गुराँस लघुवित्त वित्तीय संस्थाको १४.२५ प्रतिशत बापतको १ लाख ४४ हजार ४९५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
अब यी तीनै वटा कम्पनीको बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।