स्टक ब्रोकर एसोसिएसनका नवनियुक्त कार्यसमितिद्वारा शपथ तथा पदभार ग्रहण
काठमाडौं । स्टक ब्रोकर एशोसियसन अफ नेपालको नयाँ कार्यसमिति पदाधिकारी तथा सदस्यहरूको शपथ तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
एसोसिएसनको ३०औं साधारणसभाले चयन गरेको ९ सदस्यीय नयाँ कार्यसमितिले शपथ ग्रहण र प्रमाणपत्र ग्रहण गरेका हुन्।
एसोसियनको अध्यक्षमा सागर ढकाल निर्वाचित भएका छन् ।
कार्यसमिति उपाध्यक्षमा नितेश अग्रवाल, महासचिव भक्तिराम घिमिरे, कोषाध्यक्ष मदन पौडेल र सचिवमा विनय पौडेल निर्वाचित भएका छन् । सदस्यमा विशालकुमार अग्रवाल, प्रियन्सु अग्रवाल, जयन्त श्रीवास्तव र जेलिना कँडेल छन् ।
नयाँ पदाधिकारीलाई धर्म राज सापकोटाले स्वागत गरेका थिए ।
नयाँ पदाधिकारीलाई अधिवक्ता वासुदेव रिजालले शपथ ग्रहण गराएका छन् ।













