थप दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति कित्ता ? « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

थप दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति कित्ता ?



काठमाडौं । दुई कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

सोमबार भगवती हाइड्रोपावर डेभलपमेन्ट र प्रभू महालक्ष्मी लाइफको ४५ लाख २४ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

प्रभू महालक्ष्मीको १० प्रतिशत बापतको ४२ लाख ९६ हजार कित्ता र भगवती हाइड्रोपावरको ४ प्रतिशत बापतको २ लाख २८ हजार ८२६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्