नेष्डो समृद्धि लघुवित्तले १५ प्रतिशत लाभांश दिने, नगद र बोनस कति ? « Arthapath.com
३ पुष २०८१, बुधबार

नेष्डो समृद्धि लघुवित्तले १५ प्रतिशत लाभांश दिने, नगद र बोनस कति ?



काठमाडौं । नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

पुस २ गते मंगलबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। बैंकले यो वर्ष १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

उक्त लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्