चार कम्पनीको सेयर मूल्यमा उछाल, आज प्रतिकित्ता कसले कति कमाए ?

काठमाडौं । दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । बुधवार उपकार लघुवित्त र सपोर्ट लघुवित्तको सेयर भाउ १० प्रतिशत वृद्धि भएको हो ।
आज उपकारको सेयर मूल्य प्रतिकित्ता ३१०.८० रुपैयाँ बढेर ३ हजार ४१८.८० रुपैयाँ पुगेको छ । यता, सपोर्ट लघुवित्तको सेयर मूल्य पनि २७५ बढेर ३ हजार २५ रुपैयाँ कायम भएको छ ।
साताको चौथो कारोबार दिन मानुषी लघुवित्तको सेयर भाउ ८.२३ प्रतिशत, सिक्लेस हाइड्रोपावरको ८.११ प्रतिशत वृद्धि भएको छ । आज यी कम्पनीसहित चिरख्वा, नारायणी डेभलपमेन्ट बैंक लगायतका लगानीकर्ताले उच्च दरमा कमाएका छन् ।
