नेपाल इन्स्योरेन्सको २१ हजार बढी कित्ता सेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले २१ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले आज सोमबारदेखि २१ हजार १३३ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको हो ।
यसमा संस्थापक सेयरधनीले मात्र बोलपत्र पेश गर्न सक्नेछन् । सेयरको प्रतिकित्ता भाउ न्यूनतम २८० रुपैयाँ तोकिएको छ ।
यता, आवेदकले न्यूनतम २१ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल, लाजिम्पाट काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ । पुस २९ गतेसम्म आवेदन दिन सकिनेछ ।