लाभांश पारित गर्न हिमालयन लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा, के-के छन् एजेन्डा ? « Arthapath.com
१५ माघ २०८१, मंगलवार

लाभांश पारित गर्न हिमालयन लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा, के-के छन् एजेन्डा ?



काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको १७ औँ वार्षिक साधारणसभा आगामी फागुन ११ गते, आइतबार, अनुपम फुडल्याण्ड एण्ड बैंक्वेट, बत्तिसपुतली, काठमाडौँमा बिहान साढे १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने र बोनस सेयरको कर प्रयोजनार्थ नगद लाभांश सेयरधनीहरुले नै भुक्तानी गर्नुपर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, खर्च अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले माघ २५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार माघ २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले इन्स्योरेन्सको साधारणसभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्