समृद्धि फाइनान्स र नेपाल माइक्रो इन्स्योरेन्सबीच सम्झौता, ऋणी ग्राहकलाई सरल बीमा सेवा उपलब्ध « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

समृद्धि फाइनान्स र नेपाल माइक्रो इन्स्योरेन्सबीच सम्झौता, ऋणी ग्राहकलाई सरल बीमा सेवा उपलब्ध



काठमाडौं – समृद्धि फाइनान्स कम्पनी लिमिटेड र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीबीच बीमा सेवालाई सहज बनाउन समझदारी पत्रमा हस्ताक्षर भएको छ।

उक्त सम्झौताअनुसार समृद्धि फाइनान्सका ऋणी ग्राहकहरूलाई सरल र सहज बीमा सेवा उपलब्ध गराइनेछ। बीमा दाबी (क्लेम) सम्बन्धी सम्पूर्ण आवश्यक कागजात प्राप्त भएको ४८ घण्टाभित्र दाबी भुक्तानी प्रक्रिया पूरा गरिने व्यवस्था गरिएको छ।

सम्झौतामा समृद्धि फाइनान्सको तर्फबाट उपमहाप्रबन्धक विनोद राज पौडेल र नेपाल माइक्रो इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमालले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि समृद्धि फाइनान्सका ग्राहकहरूले बैंकिङ सेवा लिँदा बीमा सुरक्षाको सुविधा सहज रूपमा प्राप्त गर्नेछन्। यस साझेदारीले ऋणी ग्राहकहरूको सुरक्षालाई थप मजबुत बनाउने र वित्तीय जोखिम न्यूनीकरणमा योगदान पुर्याउने विश्वास गरिएको छ।

समृद्धि फाइनान्सले आफ्ना ग्राहकहरूको सुविधालाई प्राथमिकता दिँदै आगामी दिनमा अझ प्रभावकारी वित्तीय सेवाहरू उपलब्ध गराउने योजना बनाएको छ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर .टि .जि .एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू .आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस्