सानिमा रिलायन्सको नाफा २३ करोड १६ लाख, खुद बीमा शुल्क आर्जन १८.७३ प्रतिशत बढ्यो « Arthapath.com
२८ माघ २०८१, सोमबार

सानिमा रिलायन्सको नाफा २३ करोड १६ लाख, खुद बीमा शुल्क आर्जन १८.७३ प्रतिशत बढ्यो



काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ६ महिनामा साव २३ करोड रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीले सोमबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीले २३ करोड १६ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा भने ५.४४ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमासमा कम्पनीले २१ करोड ९७ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १८.७३ प्रतिशत वृद्धि भई ३ अर्ब ११ करोड १४ लाख ७८ हजार रुपैयाँ पुगेको छ । जबकि, गत आवको सो अवधिमा भने कम्पनीको यस्तो बीमा शुल्क आर्जन २ अर्ब ६२ करोड ६ लाख रुपैयाँ कायम भएको छ।

कम्पनीको खुद बीमा दावी भुक्तानी पनि २४.९२ प्रतिशत बढेर ३ अर्ब १७ करोड ३६ लाख ६८ हजार रुपैयाँ कायम भएको छ ।
६ महिनामा कम्पनीको कुल आम्दानी २०.९७ प्रतिशत बढेर ४ अर्ब ११ करोड ५ज्ञ लाख रुपैयाँ कायम भएको छ ।

यता, कुल खर्च भने २१.९९ प्रतिशत बढेको देखिन्छ । ६ महिनामा कम्पनीको खर्च ३ अर्ब ८८ करोड ४६ लाख रुपैयाँ कायम भएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ९.३६ रुपैयाँ कायम भएको छ । तया, प्रतिसेयर नेटवर्थ ११४.३८ रुपैयाँ छ ।

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ९५ करोड ३० लाख रुपैयाँ छ । कम्पनीको जीवन बीमा कोषको आकार १७ अर्ब १७ करोड ४० लाख रुपैयाँ कायम भएको छ।


प्रतिक्रिया दिनुहोस्