सालपा विकास बैंकले आईपीओ निष्काशन गर्ने « Arthapath.com
२२ असार २०८२, आईतबार

सालपा विकास बैंकले आईपीओ निष्काशन गर्ने



काठमाडौं । सालपा विकास बैंकले आईपीओ निष्काशन गर्ने भएको छ । बैंकले आईपीओ निष्काशन गर्ने प्रस्तावसहित वार्षिक साधारणसभा बोलाएको छ।

बैंकको १३ औँ वार्षिक साधारणसभा फागुन २७ गते, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. २ स्थित शुभम फाउन्डेसनको सभाहलमा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले आईपीओ निष्काशनका गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

सभाले वार्षिक प्रतिवेदन लेखापरीक्षकको प्रतिवेदनसहित नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्