लिलामी बढाबढमार्फत कसले सर्वाधिक पायो एलआईसीको हकप्रद सेयर ? « Arthapath.com
१३ फाल्गुन २०८१, मंगलवार

लिलामी बढाबढमार्फत कसले सर्वाधिक पायो एलआईसीको हकप्रद सेयर ?



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पारेशन (नेपाल) लिमिटेडको अवितरित हकप्रद सेयर लिलाम बढाबढमार्फत खरीद आव्हान गरेकोमा एनआरएन इन्फ्राइट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेड कुल सर्वसाधारण समूहतर्फको ४ लाख ९२ हजार ५७७ कित्ता मध्ये ४ लाख ७५ हजार ७०० कित्ता अवितरित हकप्रद सेयरहरु प्राप्त गर्ने एकमात्र कम्पनी बनेको छ ।

एनआरएन इन्फ्राइट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेड नेपालको विभिन्न क्षेत्रमा लगानी गर्ने, सूचीकृत कम्पनी हो । पछिल्ला दिनहरूमा यस, कम्पनी आक्रमक रूपमा लगानी परिचालनमा सक्रिय देखिँदै आएको छ ।

अघिल्लो वार्षिक साधारणसभाबाट साविकका संस्थापक सेयरधनीहरुलाई विस्थापित गर्दै दोस्रो बजारबाट सेयर लिएका र सेयर बजारमा अभ्यस्त मध्येबाट अधिकांश संचालक चयन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्