लघु निर्जीवन बीमा व्यवसायको आकार ५० करोड माथि, कसले कति उठाए प्रिमियम ? « Arthapath.com
१३ फाल्गुन २०८१, मंगलवार

लघु निर्जीवन बीमा व्यवसायको आकार ५० करोड माथि, कसले कति उठाए प्रिमियम ?



काठमाडौं । लघु निर्जीवन बीमकहरुले ७ महिनामा ५० करोड रुपैयाँ बढीको व्यापार गरेका छन् । हाल चार वटा लघु निर्जीवन बीमा कम्पनीहरु संचालनमा छन् । यी कम्पनीहरुले ७ महिनामा २ लाख बढी बीमालेख बिक्री गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को माघ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । साउनदेखि माघ मसान्तसम्म आइपुग्दा कम्पनीहरुले २ लाख २४८ वटा बीमालेख बिक्री गरि ५० करोड २७ लाख ९० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्सले १४ करोड ६८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। सो अवधिमा कम्पनीले ५८ हजार ११७ वटा बीमालेख बिक्री गरेको छ ।

लघु निर्जीवन बीमा व्यापारमा दोस्रो ठुलो हिस्सा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको देखिएको छ। कम्पनीले ७ महिनामा १२ करोड ४९ लाख ९२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सो अवधिमा कम्पनीले ४७ हजार ६९४ वटा बीमालेख बिक्री गरेको हो ।

यस्तै, स्टार माइक्रो इन्स्योरेन्सले पनि ११ करोड ६६ लाख ४८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सो अवधिमा कम्पनीले ५२ हजार ८३७ वटा बीमालेख बिक्री गरेको छ ।

यता, ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनीले पनि ११ करोड ४३ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । ७ महिनामा कम्पनीले ४१ हजार ६०० वटा बीमालेख बिक्री गरि सो बराबरको बीमा शुल्क आर्जन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्