विदेशी मुद्रा सञ्चिति २३ खर्ब ६९ अर्ब पुग्यो, १४ महिनाको आयात धान्ने « Arthapath.com
२६ फाल्गुन २०८१, सोमबार

विदेशी मुद्रा सञ्चिति २३ खर्ब ६९ अर्ब पुग्यो, १४ महिनाको आयात धान्ने



काठमाडौं । मुलुकको विदेशी मुद्रा सञ्चिति बढ्ने क्रम जारी छ । चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनासम्म (साउनदेखि पुस) मा विदेशी मुद्राको सञ्चिति २३ खर्ब ६९ अर्ब ८ करोड रूपैयाँ पुगेको छ।

सात महिनामा विदेशी मुद्रा सञ्चिति १६.१ प्रतिशतले बढेको हो । अमेरिकी डलरमा भने सोही अवधिमा मुद्रा सञ्चिति ११.७ प्रतिशत बढेर १७ अर्ब ५ करोड पुगेको छ ।

मुलुकमा रहेको विदेशी मुद्राको यस्तो सञ्चितिले १४ महिना १२ दिन दिनको वस्तु तथा सेवाको आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ । यो अवधिमा १०.१ प्रतिशतले बढेर नौ खर्ब ८८ अर्ब रूपैयाँको आयात भएको हो। अघिल्लो वर्षको यही अवधिमा आठ खर्ब ९७ अर्ब रूपैयाँको आयात भएको थियो।


प्रतिक्रिया दिनुहोस्