सानिमा जिआईसी इन्स्योरेन्सले बोलायो साधारणसभा, के-के छन् एजेन्डा ?

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले आफ्नो ७ औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सभा आगामी चैत २१ गते काठमाडौंको कालिकास्थानमा रहेको अमृतभोग पार्टी प्यालेसमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित ७.८९४७ प्रतिशत लाभांश पारित गर्नेछ । जसमा ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश छन् ।
सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।
यस्तै, छैठौं साधारण सभाबाट पारित २५ प्रतिशत हकप्रद सेयर संशोधन गरी १७ प्रतिशत कायम गर्ने र नियमनकारी निकायहरुबाट प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशाधेन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत ८ एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ चैत ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।