बीमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल « Arthapath.com
१ चैत्र २०८१, शुक्रबार

बीमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल



काठमाडौं । नेपाल बीमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त भएकी छिन् । सरकारले बीमा प्राधिकरणमा रिक्त महिला सञ्चालकमा राधा पोखरेललाई नियुक्त गरेको हो ।

अर्थमन्त्रीस्तरीय निर्णयमार्फत पोखरेललाई आज चैत १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि महिला सञ्चालकमा नियुक्त गरिएको हो ।

बीमा ऐन २०७९ अनुसार प्राधिकरणको सञ्चालकमा १ जना महिला सञ्चालक हुनुपर्ने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस्