एलआइसी नेपालको संचालकमा पुनः अग्रवाल

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको संचालकमा कोमल अग्रवाल नियुक्ति भएकी छन् ।
फागुन २६ गते सोमबार बसेको कम्पनी संचालक समितिको बैठकले अग्रवाललाई संचालकमा नियुक्ति गर्ने निर्णय गरेको हो ।
उनी सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्दै संचालक बनेकी हुन् । उनको पहिलो कार्यकाल फागुन २५ गते सकिएको छ । दोस्रो अर्थात् २३औं वार्षिक साधारण सभासम्मका लागि संचालक बनेकी हुन् ।