शनिबार एक दिवसिय फुटसल प्रतियोगिता गर्दै नेको इन्स्योरेन्स « Arthapath.com
७ चैत्र २०८१, बिहीबार

शनिबार एक दिवसिय फुटसल प्रतियोगिता गर्दै नेको इन्स्योरेन्स



काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले एक दिने फुटसल आयोजना गर्ने भएको छ । कम्पनीले आगामी शनिबार अर्थात् चैत ९ गते फुटलसल प्रतियोगिता आयोजना गर्न लागेको हो ।

कम्पनीका अनुसार बैंक तथा वित्तिय संस्थाहरुसंग मैत्रीपुर्ण तथा आपसी सहकार्य समेत गर्दै विगतका बर्षहरुमा झै यस वर्ष पनि फुटसल आयोजना गरेको गर्न लागेको छ । प्रतियोगितामा १६ टिम सहभागी हुनेछन् ।

एक दिवसिय फुटसल, धन्यन्तरी फुटसल ल्कब धुम्बराही काठमाडौमा हुनेछ । बिहीबार कम्पनीले सम्पुर्ण खेलाडि तथा प्रतिनिधिहरुको उपस्थितीमा एन्फा सम्बद्ध अफिसिएल्स समेत सहभागि भई कम्पनीको केन्द्रिय कार्यालय ज्ञनेश्वर काठमाडौमा कम्पनीका कार्यकरी प्रमुख आशोक कुमार खड्काको उपस्थितीमा टाइ सीट ड्र कर्यक्रम पनि सम्पन्न गरेको छ ।

कम्पनीले व्यवसायको साथसाथै समाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ । नेकोले देशको बीमा क्षेत्रमा बिगत २९ वर्षदेखि निरन्तर बीमा सेवा प्रदान गर्दै आईरहेको छ ।

कम्पनीले आफ्नो सेवा प्रवाहमा क्षेत्रहरुमा वृद्धि गर्दै बीमाशुल्क, दाबी भुक्तानि, रोजगारीको अवसर नेपाल सरकारलाई कर भुक्तानी लगायतका सुचांकहरुमा उल्लेखनीय भुमिका निभाउदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्