ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ कहिले हुँदैछ बाँडफाँट ? « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ कहिले हुँदैछ बाँडफाँट ?



काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ चैत १२ गते, मंगलबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नेपाल प्रभु क्यापिटलका अनुसार ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ मंगलबार (चैत १२ गते) बिहान ९ बजे आफ्नै कार्यालय कमलादी, काठमाडौंमा बाँडफाँट गर्ने तयारी गरिएको छ ।

कम्पनीको आईपीओमा मागभन्दा १६ गुणा बढी आवेदन परेको छ । तसर्थ गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ । यसमा १९ लाख ८५ हजार ६६३ जनाले कुल २ करोड ३६ लाख ५९ हजार १२० कित्ताका लागि आवेदन दिएका छन् ।

जसमा १ लाख ४७ हजार ६०० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १८ लाख ३८ हजार ६३ जनाको भने हात खाली हुनेछ । ओम मेगाश्री फर्मास्युटिकल्सले फागुन २७ गतेदेखि चैत ३ सतेसम्म सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्