सानिमा रिलायन्स लाइफको नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा « Arthapath.com
२० चैत्र २०८१, बुधबार

सानिमा रिलायन्स लाइफको नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा



काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नगद लाभांश सेयरधनीको खातामा पठाउन थालेको छ । कम्पनीले ८ प्रतिशत नगद लाभांश सम्बन्धित सेयरधनीको खातामा जम्मा गर्न सुरु गरेको हो ।

कम्पनीले हालसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीको खातामा लाभांश जम्मा गर्न थालको हो । नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न आग्रह गरेको छ ।

कम्पनीको साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई ८ प्रतिशत नगद लाभांश र १.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्