तपाईलाई पर्यो त पियोर इनर्जी आइपीओ ? यसरी थाहा पाउनुहोस् सजिलै नतिजा « Arthapath.com
११ बैशाख २०८२, बिहीबार

तपाईलाई पर्यो त पियोर इनर्जी आइपीओ ? यसरी थाहा पाउनुहोस् सजिलै नतिजा



काठमाडौं । पियोर इनर्जी लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा बिहीबार कम्पनीको आइपीओ फाँडफाँट भएको हो ।

कम्पनीले गत चैत २८ गतेदेखि वैशाख २ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो ।

कम्पनीको आइपीओमा मागभन्दा १९.२८ गुणा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रिया मार्फत बाँडफाँट गरिएको छ ।

कम्पनीको आइपीओमा १९ लाख ३६ हजार ५३ जनाले कुल २ करोड २७ लाख ४२ हजार ६५० कित्ताका लागि आवेदन दिएका थिए । तर, १ लाख १९ हजार ५२० जनाले १०–१० कित्ता सेयर पाएका छन्। तर, १८ लाख १६ हजार ५३३ जनाको भने हात खाली भएको छ ।

आइपीओको नतिजा हेर्नका लागि भने कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट र सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्