आइएमई लाइफको नाफा र आम्दानीमा सुधार, जीवन बीमा कोष साढे ४१ प्रतिशत बढ्यो

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको नाफा दोहोरो अंकमा वृद्धि भएको छ । कम्पनीले ९ महिनामा साढे ३६ करोड बढी खुद नाफा कमाएको छ ।
आइतबार कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा कम्पनीको नाफा १०.४९ प्रतिशत वृद्धि भई ३६ करोड ६३ लाख ३३ हजार रुपैयाँ कायम भएको छ । जबकि, गत आवको तेस्रो त्रैमासमा कम्पनीले. ३३ करोड १५ लाख ६० हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
कम्पनीको खुद बीमा शुल्क आर्जन पनि १५.६५ प्रतिशत वृद्धि भई ३ अर्ब ६० करोड ३३ लाख रुपैयाँ कायम भएको छ । जबकि, गत आवको सोही अवधिमा भने यस्तो बीमा शुल्क ३१ अर्ब १५ करोड ५६ लाख रुपैयाँ मात्रै थियो ।
सो अवधिमा कम्पनीको कमिसन आम्दानी ३ अर्ब ५१ करोड रुपैयाँ देखिएको छ । यता, लगानी तथा कर्जाबाट हुने आम्दानी पनि २.७४ प्रतिशत वृद्धि भई ९८ करोड ७७ लाख ७७ हजार रुपैयाँ कायम भएको छ ।
समिक्षा अवधिमा कम्पनीको कुल आम्दानी ४ अर्ब ८२ करोड ९४ लाख ९९ हजार रुपैयाँ छ । कुल खर्च भने ४ अर्ब ४६ करोड ३१ लाख ६६ हजार रुपैयाँ देखिएको छ । जबकि, गत आवको तेस्रो त्रैमासमा कम्पनीको कुल आम्दानी ४ अर्ब १२ करोड २७ लाख ३९ हजार रुपैयाँ र कुल खर्च ३ अर्ब ७९ करोड ११ लाख ७९ हजार रुपैयाँ रह्को थियो ।
हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ९.७७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३२.६७ रुपैयाँ छ ।
हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ छ । कम्पनीको रिटेन्ड अर्निङमा ४२ करोड ५६ लाख र सेयर प्रिमियम ५२ करोड ३८ लाख रुपैयाँ छ । यता, महाविपत्ति कोषमा भने २२ करोड ९८ लाख रुपैयाँ राखेको छ । कम्पनीको जीवन बीमा कोषको आकार पनि ४१.४२ प्रतिशत बढेर ११ अर्ब ८४ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।