लाभांश पारित गर्न नेको इन्स्योरेन्सले डाक्यो साधारण सभा, बोनस पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले लाभांश पारित गर्न साधारण सभा डाकेको छ । कम्पनीले आगामी जेठ ९ गते सभा बोलाएको हो ।
सभा लिसारा रिसेप्सेन नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा रहेको छ । कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सभाले लाभांशलाई वितरणयोग्य बनाउनेछ ।
सभामा कम्पनीको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल गरि पारित हुने एजेन्डा रहेको छ ।
यस्तै, चालु आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण पनि गर्नेछ ।
सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले वैशाख ३० गते बुक क्लोज गर्ने भएको छ । सभामा भाग लिन र लाभांश प्राप्त गर्नका लागि आगामी वैशाख २९ गतेसम्म सेयरधनी बनीसक्नुपर्नेछ । तर, वैशाख २९ गते बुद्ध जयन्ती परेको छ । सो दिन सार्वजनिक विदा छ । सोही कारण व्यवहारिकरुपमा लगानीकर्ताले वैशाख २८ गतेभित्र सेयर खरिद गरिसकेको हुनुपर्नेछ ।