वामपन्थी नेता प्रदीप नेपालको निधन « Arthapath.com
२० असार २०८२, शुक्रबार

वामपन्थी नेता प्रदीप नेपालको निधन



काठमाडाैं । लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ। ७१ वर्षिय नेपालको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो ।

पूर्व मन्त्रीसमेत रहेका नेपाल रोगले शिथिल बनाउँदै लगेपछि राजनीतिबाट निष्क्रिय बनेका थिए।

नेपाल २०५१ मा तत्कालीन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला सञ्चार मन्त्री बनेका थिए। त्यसपछि शिक्षा मन्त्री भएका थिए।


प्रतिक्रिया दिनुहोस्