इमर्जिङ नेपालको ४३.८५ प्रतिशतले घट्यो, अन्य सूचक कस्ता छन् ? « Arthapath.com
२९ बैशाख २०८२, सोमबार

इमर्जिङ नेपालको ४३.८५ प्रतिशतले घट्यो, अन्य सूचक कस्ता छन् ?



काठमाडौं । इमर्जिङ नेपालको नाफामा गिरावट आएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा ४३.८५ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीको नाफा ८६ लाख १४ हजार रुपैयाँमा खुम्चिएको छ।

कम्पनीको सञ्चालन आम्दानी ३४.८६ प्रतिशतले घटेर १ एक करोड ४ लाख रुपैयाँमा सीमित बनेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको यस्तो आम्दानी एक करोड ५९ लाख रुपैयाँ रहेको थियो ।

अन्य श्रोतबाट भएको आम्दानी ५६.३५ प्रतिशत घटेर ४१ लाख रुपैयाँमा सीमित बनेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी १.६१ रुपैयाँबाट घटेर २.७ रुपैयाँमा सीमित भएको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १०९.३४ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ५८३.३६ गुणा रहेको छ।

५५ करोड ५६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५ करोड १९ लाख रुपैयाँ सञ्चित छ।


प्रतिक्रिया दिनुहोस्