हालसालै आईपीओ जारी गरेको ओम मगाश्री फर्मास्यूटिकल्सको नाफामा उल्लेख्य वृद्धि

काठमाडौं । हालसालै आईपीओ निष्काशन गरेको ओम मगाश्री फर्मास्यूटिकल्सको नाफामा उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको कम्पनीले खुद नाफा ७५ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो त्रैमासको तुलनामा ८३.०८ प्रतिशतले बढी हो । अघिल्लो त्रैमाससम्म कम्पनीले ४१ लाख २९ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
यस्तै कम्पनीको कुल आम्दानी ५७.९९ प्रतिशतले बढेर २१ करोड ५१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो त्रैमाससमा भने कम्पनीको आम्दानी १३ करोड ६१ लाख रहेको थियो । कम्पनीको सञ्चालन आम्दानी २१ करोड ४८ लाख रुपैयाँ रहेको छ ।
।
सो अवधिसम्ममा कम्पनीको कुल खर्च २० करोड ५६ लाख रुपैयाँ रहेको छ। अघिल्लो त्रैमाससमा कम्पनीको यस्तो खर्च १२ करोड ७७ लाख रहेको थियो ।
चैत मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ६८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ५४ पैसा रहेको छ। कम्पनीको मूल्य आम्दानी अनुपात ५९.५२ गुणा रहेको छ।
६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ४ करोड १२ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने अन्य जगेडा ६ करोड २४ लाख रुपैयाँ रहेको छ।