कुन जीवन बीमा कम्पनीको प्रतिसेयर आम्दानी कति छ ? « Arthapath.com
३० बैशाख २०८२, मंगलवार

कुन जीवन बीमा कम्पनीको प्रतिसेयर आम्दानी कति छ ?



काठमाडौं । आर्थिक वर्षको तेस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरुको प्रतिसेयर आम्दानी (इपिएस) औसत ९.३३ रुपैयाँ छ ।

नाफा लगायतका प्रमुख वित्तीय सूचकहरुमा सकरात्मक सुधार गरेका कम्पनीहरुको इपिएस पनि वृद्धि भएको छ ।

तेस्रो त्रैमासमा सबैभन्दा धेरै इपिएस राष्ट्रिय जीवन बीमा कम्पनीको १७.०४ रुपैयाँ छ । जबकि, गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो आम्दानी १८.०६ रुपैयाँ रहेको थियो ।

दोस्रो स्थानमा रहेको रिलायवल नेपालको लाइफ इपिएस १३.३८ रुपैयाँ छ । कम्पनीको इपिएस ४.२ रुपैयाँ बढेको हो ।
तेस्रो सूचीमा रहेको एशियन लाइफको इपिएस पनि ४.९ रुपैयाँ बढेर १३.१३ रुपैयाँ कायम भएको छ।

यस्तै, नेशनल लाइफको १०.४९ रुपैयाँ, सन नेपालको १०.०७ रुपैयाँ छ । यी बाहेकका अन्य कम्पनीको इपिएस १० रुपैयाँ कम छ । मेट लाइफ इन्स्योरेन्सले भने उल्लेख गरेको छैन ।

समिक्षा अवधिमा आइएमई लाइफको इपिएस ९.७७ रुपैयाँ, नेपाल लाइफको ९.६३ रुपैयाँ सिटिजनको ९.५४, सानिमा रिलायन्सको ८.९८, सूर्यज्योतिको ७.८७, प्रभू महालक्ष्मीको ७.६४, हिमालयन लाइफको ६.८९ र एलआइसी नेपालको ६.२९ रुपैयाँ छ । गत आवको सोही अवधिमा भने यी कम्पनीहरुको यस्तो आम्दानी क्रमशः १०.०५ रुपैयाँ, ७.७५, ९.५३, ९.७१, ६.५८, ८.३५, ७.२४ र ५.३६ रुपैयाँ रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्