डोलेश्वर भिलेज रिसोर्ट र सिटिजन्स क्यापिटल बिच संस्थागत परामर्श सम्झौता

काठमाडौँ । डोलेश्वर भिलेज रिसोर्ट एन्ड फार्म हाउस प्रा.ली. र सिटिजन्स क्यापिटल बिच संस्थागत परामर्श सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतामा डोलेश्वर भिलेज रिसोर्ट एन्ड फार्म हाउस प्रा.ली.का तर्फबाट अध्यक्ष रामनाथ मैनाली तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।
यस सम्झौता पश्चात् सिटिजन्स क्यापिटलले रिसोर्टलाई प्रा.ली. बाट पब्लिक कम्पनीमा रूपान्तरण गर्न तथा सार्वजनिक निष्कासन अनुमति लिन सम्पूर्ण तयारी कार्य परामर्श सेवा अन्तर्गत दिनेछ ।
२०७६ साल देखि कारोबार सुरु भएको यस रिसोर्ट डोलेश्वर भक्तपुरमा दश रोपनी क्षेत्रफलमा फैलिएको छ । हाल यस रिसोर्टमा १५ वटा कोठाहरू छन् र सो सङ्ख्या वृद्धि गरी ३५ वटा कोठा पुर्याउने कार्य र स्विमिङ पुल पनि निर्माणाधीन अवस्थामा रहेको छ र सो निर्माण कार्यहरू यस आर्थिक वर्षभित्र नै सम्पन्न गर्ने लक्ष्य रिसोर्टले लिएको छ । यस रिसोर्टमा ३०० जनासम्मको क्षमता भएको ठुला–साना गरी ३ वटा सभा हलहरू रहेको छ ।

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न सफल यस रिसार्ट विवाह, व्रतबन्ध, सेमिनार, गोष्ठी तथा पिकनिकको लागि उपयुक्त थलो रहेको छ । यहाँबाट प्रसिद्ध धार्मिक स्थल डोलेश्वर महादेव मन्दिर २०० मिटरको दुरीमा रहेको छ ।