लाभांश पारित गर्न हिमालयन रिले डाक्यो साधारण सभा, कहिलेसम्म बन्ने सेयरधनी ?

काठमाडौं । लाभांश पारित गर्न हिमालयन रि इन्स्योरेन्स लिमिटेडले साधारण सभा बोालएको छ ।
कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई ४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२४ नगद लाभांश दिने भएको छ ।
सो लाभांश पारित गर्नका लागि कम्पनीले जेठ २५ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा आफ्नो चौथो वार्षिक साधारण सभा बोलाएको छ ।
सभाले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिएको खर्च तथा अन्य खर्च रकमको अनुमोदन गर्नेछ ।
यसका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले जेठ ११ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । त्यसकारण जेठ ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।