बरुण हाइड्रोपावरलाई हकप्रद सेयर निष्काशन गर्न बोर्डको अनुमति

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीलाई शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । योसँगै कम्पनीले हाल कायम चुक्ता पूँजीको १:१ (अर्थात् हाल कायम १ (एक) कित्ता साधारण सेयर बराबर नयाँ एक कित्ता साधारण सेयर) को अनुपातमा हकप्रद सेयर निष्काशन गर्नेछ ।
कम्पनीले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको प्रतिसेयर रु.१००/- अंकित दरका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद साधारण सेयर निष्काशन गर्नेछ ।
हकप्रद सेयर निष्कासन तथा बाँडफाँडपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रूपैयाँ पुग्नेछ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ।