रिलायबल नेपाल लाइफले दियो २० लाख बीमा दाबी भुक्तानी « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

रिलायबल नेपाल लाइफले दियो २० लाख बीमा दाबी भुक्तानी



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले २० लाख रुपैयाँ बराबरको बीमा दावी भुक्तानी दिएको छ ।
कम्पनीले घातक रोग वापतको बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको हो ।

भरतपुर ३, चितवन निवासी महेश बानियाँलाई उक्त रकम दाबी भुक्तानी हस्तान्तरण गरेको हो । कम्पनीले बुधबारका हाकिमचोक शाखा प्रमुख राजकुमार दाहालले बीमितलाई चेक हस्तान्तरण गरेका हुन् ।

उनले २०७७ चैत्र महिनामा कम्पनीको हाकिमचोक शाखाबाट १५ बर्षको बीमा अवधी रहने गरी २० लाखको जीवनबीमा बीमालेख खरीद गरेका थिए ।

उनले आप्नो सफल उपचार पश्चात सम्पूर्ण कागजात पेश गरेको छोटो समयमा नै कम्पनीले बीमा दाबी रकम हस्तान्तरण गरेको हो ।

उनले तीन किस्ता मात्र बीमाशुल्क भुक्तानी गरेका थिए । २०८० बैशाख २ गते पूरानो मेडिकल कलेज, भरतपुरमा सामान्य चेकजांचका क्रममा कलोजो सम्बन्धी समस्या देखा परेको थियो । त्यसपश्चात थप उपचारका लागी उनलाई मेडिसिटी अस्पताल, काठमाडौ लगीएको र डाक्टरको सल्लाह बमोजिम नै गत पौष १५ गते उनको कलोजो प्रत्यारोपण गरिएको थियो ।

नेपालमा अत्यन्तै महंगो उपचार पद्धती मध्यको एक मानिने कलेजो प्रत्यारोपणका लागि झन्डै ४० लाख रुपैयाँसम्म खर्च लाग्ने गर्दछ । निजले सोही समयमा कम्पनीलाई गराएको जानकारी बमोजिम नै प्रक्रिया अगाडी बढाईएको थियो ।


प्रतिक्रिया दिनुहोस्