लाभांश पारित गर्न हिमालयन लाइफले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ? « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

लाभांश पारित गर्न हिमालयन लाइफले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौं । लाभांश पारित गर्न हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले साधारण सभा बोलाएको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई सभाले हाल कायम चुक्ता पुँजी ८ प्रतिशत (कर सहित) नगद लाभांश दिने भएको छ ।

उक्त लाभांश पारित गर्न कम्पनीले असार १० गते आठौँ वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले कम्पनीको प्रस्तावित विषय उपर कुनै फेरबदल, संसोधन एंवम परिमार्जन गर्न परे सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । यस्तै, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले जेठ २८ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्