क्रोएशिया पठाइदिने भन्दै १९ लाख ठगी गर्ने एक महिला पक्राउ

काठमाडाैं । वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक महिला पक्राउ परेकी छिन्। बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाउँदै क्रोएसिया रोजगारीको झुटो आश्वासन दिँदै ठगी गर्ने मेनुका पुडासैनीलाई प्रहरीले ललितपुरको टिकाथलीबाट पक्राउ गरेको हो।
३५ वर्षीया पुडासैनीले लामो समयदेखि विभिन्न व्यक्तिहरूलाई विदेश पठाइदिने भन्दै झुक्याउँदै आएकी थिइन्। तर, न विदेश पठाइन्, न त रकम फिर्ता गरिन्। सम्पर्कविहीन बनेपछि पीडितहरूले प्रहरीमा जाहेरी दिएका थिए।
अनुसन्धानपछि प्रहरीले उनलाई ललितपुर महालक्ष्मी नगरपालिका–५ बाट पक्राउ गरी वैदेशिक रोजगार विभाग, ताहाचल पठाएको छ।
पुडासैनीले करिब १९ लाख रुपैयाँ ठगी गरेको पुष्टि भएको छ। उनी काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ की स्थायी बासिन्दा हुन्।