वैदेशिक रोजगार बीमा व्यवसायको आकार ३ अर्ब नजिक, कसले कति उठाए प्रिमियम ? « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

वैदेशिक रोजगार बीमा व्यवसायको आकार ३ अर्ब नजिक, कसले कति उठाए प्रिमियम ?



काठमाडौं । वैदेशिक रोजगार बीमा व्यवसायको आकार ३ अर्ब नजिक छ । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको चालु आर्थिक वर्षको साउनदेखि बैशाख मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

९ महिनामा कम्पनीहरुले २ अर्ब ८८ करोड २७ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ । हाल वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरु २५ लाख १ हजार ३६८ वटा बीमालेख सक्रिय देखिएको छ ।

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरु अनिवार्य रुपमा म्यादी बीमा गर्नुपर्दछ, सोही अनुसार नै गरिएको बीमामा सो संख्यामा पोलेसी सक्रिय देखिएको हो ।

हाल नेशनल, नेपाल, एशियन, आइएमई, सन नेपाल, रिलायवल, सिटिजन, सूर्यज्योति, सानिमा रिलायन्स, हिमालयन, प्रभू महालक्ष्मी लाइफले वैदेशिक रोजगार बीमा गर्दै आएका छन् । यता, लघुबीमा तर्फ गार्डियन माइक्रो, क्रेष्ट र लिवर्टी माइक्रो लाइफले पनि वैदेशिक रोजगार बीमा गर्दै आएका छन् ।

वैदेशिक रोजगार बीमामा सबैभन्दा ठुलो योगदान सन नेपाल लाइफको छ । कम्पनीले यस्तो बीमा मार्फत ९ महिनामै ९८ करोड ६२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो कुल वैदेशिक रोजगार बीमा व्यवसायको ३४.२१ प्रतिशत हुन आउँछ । हाल कम्पनीमा ८ लाख ७९ हजार ९९३ वटा बीमालेख सक्रिय छन् ।

यस्तै, एशियन लाइफले पनि वैदेशिक रोजगार बीमा मार्फत ७६ करोड ४४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । हाल कम्पनीमा २ लाख ५४ हजार ७३४ वटा बीमालेख सक्रिय छन् ।

यस्तै, आइएमई लाइफले २० करोड ३१ लाख, नेपाल लाइफले २० करोड १ लाख, नेशनल लाइफले १६ करोड ८९ लाख, सानिमा रिलायन्सले १४ करोड २२ लाख, सूर्यज्योतिले १० करोड २९ लाख र सिटिजनले १० करोड २९ लाख रुपैयाँ बीमा शुल्क वैदेशिक रोजगार बीमा मार्फत संलकन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्