मर्जरका लागि यी दुई लघुवित्तले पाए राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति

काठमाडौं । ग्रामीण विकास लघुवित्त र समाज लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएका छन् ।
यी दुई संस्थालाई एक आपसमा मर्जरमा जानका लागि नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको छ ।
गत बिहीबार अर्थात् जेठ २२ गते पत्र पठाएर सैद्धान्तिक सहमति दिइएकोे हो । यी दुई लघुवित्तले गत फागुन १८ गते मर्जरमा जाने सम्झौता गरेका थिए ।