हिमालयन रि इन्स्योरेन्सको साधारण सभा आज, लाभांश पारित गर्ने मुख्य एजेन्डा

काठमाडौं । लाभांश पारित गर्न हिमालयन रि इन्स्योरेन्स लिमिटेडको साधारण सभा आज बस्दैछ ।
सभा नेपाल प्रज्ञा प्रतिष्ठानमा आफ्नो चौथो वार्षिक साधारण सभा बोलाएको हो । सभाले हाल कायम चुक्ता पुँजीको ४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२४ नगद लाभांश दिने भएको छ ।
सभाले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिएको खर्च तथा अन्य खर्च रकमको अनुमोदन गर्नेछ ।
यसका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले जेठ ११ गते एक दिनका लागि बुक क्लोज गरेको छ । त्यसकारण जेठ ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।