४३ वटा कम्पनीलाई ४ अर्बको कर छुट, कसले कति पाए ? (सूचीसहित)

काठमाडौं । सरकारले झन्डै चार दर्जन संस्था तथा निकायले झन्डै चार अर्ब रुपैयाँ राजश्व छुट दिएको छ ।
चालु आर्थिक वर्ष २०८१–८२ को साउनदेखि चैत मसान्तसम्म आइपुग्दा ४३ वटा संस्था तथा निकायहरुले सो बराबरका राजश्व छुट पाएका हुन् ।
अर्थमन्त्रालयका अनुसार ती कम्पनीहरुलाई आर्थिक ऐन, २०८१ को दफा १८ को उपदफा (२) र (३) बमोजिम ३ अर्ब ९७ रकोड ७३ लाख रुपैयाँ बढी राजश्व छुट दिइएको हो ।
सबैभन्दा धेरै राजश्व छुट पाउनेको शीर्ष सूचीमा नेपाल विद्युत प्राधिरकण छ । प्राधिकरणले ९ महिनामा १ अर्ब ८७ करोड ५३ लाख ३९ हजार रुपैयाँ राजश्व छुट पाएको छ । जबकि, गत साउनदेखि चैत मसान्तसम्म प्राधिकरण ६ अर्ब ७ करोड ११ लाख ८८ हजार रुपैयाँ बराबरको पैठारी गरेको छ ।
दोस्रो सूचीमा रहेको नेपाली सेनाले ७४ करोड ६८ लाख छुट पाएको छ । यता, राष्ट्रिय विपद् प्राधिकरणले २१ करोड ८५ लाख रुपैयाँ छुट पाएका छन् । जबकि, सो अवधिमा यी दुई निकायले क्रमशः ६८ करोड ३५ लाख र ५५ करोड १९ लाख रुपैयाँ बराबरको पैठारी गरेका छन् ।
चीन झियाङसू अन्तर्राष्ट्रिय आर्थिक र प्राविधिक सहकारी समूहले २० करोड ३१ लाख, घोराही मेडिचपुर कम्पनीले १२ करोड १४ लाख, सिनो हाइड्रो कर्पोरेसनले ११ करोड ३९ लाख, पुरातत्व विभागले १० करोड ७७ लाख, केएसएम बसिर मोहम्मद एण्ड सन्सले ८ करोड ६७ लाख, सिमिजु कोअपरेसन ५ करोड ७३ लाख, कोकन रेल्वे कर्पोरेसनले ४ करोड १५ लाख रुपैयाँ राजश्व छुट पाएका छन् ।
अन्य कुन संस्था तथा निकायले कति छुट पाए ?
