२ लाख ४१ हजार ५३० जनाले पाए सान्भि इनर्जीको आइपीओ, यसरी सजिलै हेर्नुहोस् नतिजा

काठमाडौं । सान्भि इनर्जीको आइपीओ बाँडफाँट भएको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्ट बैंकिङको कार्यलयमा आइपीओ बाँडफाँट भएको हो ।
कम्पनीको आइपीओमा साढे १० गुणा बढी आवेदन परेको छ । कम्पनीको आइपीओमा भाग भन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँट गरिएको छ ।
कुल २१ लाख ८ हजार २३२ जनाले २ करोड ५८ लाख ९० हजार ६२० कित्ताका लागि आवेदन दिएका छन् । तर, २ लाख ४१ हजार ५३० जनाले मात्र सेयर प्राप्त गरेका छन् । बाँकी १८ लाख ६६ हजार ७०२ जनाको भने हात खाली भएको छ ।
कम्पनीले जेठ ९ देखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्कासन गरेको थियो ।
आइपीओ नतिजा भने केही समयमा हेर्न मिल्नेछ ।
नतिजा हेर्नका लागि:
मेरोसेयर एकाउन्ट https://meroshare.cdsc.com.np/ बाट आईपीओको नतिजा हेर्न सक्नेछन् ।
त्यस्तै, सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ र कम्पनीको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ ।