प्रभु महालक्ष्मी लाइफले पारित गर्यो ८.४२१ % लाभांश, बल्ल पुग्ने भयो न्युनतम चुक्ता पुँजी

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको ८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा जेष्ठ २६ गते सोमबार कम्पनीकी अध्यक्ष शिक्षा भट्टचनको अध्यक्षतामा सम्पन्न भएको हो ।
सभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०८०–८१ का लागि ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यस्तै, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८०–८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । सभाले आर्थिक वर्ष २०८०–८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ७ करोड ५६ लाख रुपैयाँ छ । बोनस सेयर वितरणसँगै नियमकारी निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम तोकिएको न्यूनतम चुक्तापूँजी पुग्नेछ । प्राधिकरण जीवन बीमा कम्पनीहरुका लागि न्युनतम चुक्ता पुँजी ५ अर्ब तोकेको छ ।