को हुन् हिमालयन रिन्स्योरेन्सका २७ ठुला लगानीकर्ता ? कसको सेयर स्वामित्व कति ? « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

को हुन् हिमालयन रिन्स्योरेन्सका २७ ठुला लगानीकर्ता ? कसको सेयर स्वामित्व कति ?



काठमाडौं । हिमालयन रिन्स्योरेन्स कम्पनी लिमिटेडमा विभिन्न (संस्था तथा व्यक्ति) दुई दर्जन बढी ठुला लगानीकर्ता रहेका छन् ।

कम्पनीमा २७ ठुला लगानीकर्ता देखिएका हुन् । ती लगानीकर्ताहरुको कम्पनीमा १ प्रतिशत वा सो भन्दा बढी सेयर रहेको छ ।
कम्पनीमा सबैभन्दा ठुलो आकारको सेयर स्वामित्व अम्बर प्रोभेस्टमेन्ट प्रालिको छ । कम्पनीको हिमालयन रिमा ६.६७ प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीको ७० लाख ५६ हजार ४०० कित्ता सेयर स्वामित्व रहेको देखिन्छ ।

कम्पनीमा दुई सरकारी बैंकको समान सेयर स्वामित्व देखिएको छ । कम्पनीमा नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको समान ५ प्रतिशत अर्थात् ५२ लाख कित्ता सेयर स्वामित्व देखिएको छ ।

यता, इन्फिनिटी होल्डिङको ४.५० प्रतिशत अर्थात् ४६ लाख ८० हजार कित्ता, जगदम्बा मोटर्सको ३.२० प्रतिशत अर्थात् ३३ लाख २८ हजार कित्ता, जगदम्बा स्टिलको २.२० प्रतिशत अर्थात् २२ लाख ८८ हजार कित्ता सेयर स्वामित्व छ ।

यस्तै, विकास दुगडको २.२० प्रतिशत, हंशराज हुलासचन्द्रको २ प्रतिशत, स्याफ्रोन सीके इन्भेस्टमेन्ट्सको २ प्रतिशत, आरएमसी कन्ट्रक्सनको १.५० प्रतिशत, सशीकान्त अग्रवालको १.५० प्रतिशत सेयर स्वामित्व छ ।

यस्तै, एकर्ड क्याफिन, अटल क्यापिटल, कालिका फिनकर्प, काभ्रे ग्लोबलको समान १.३५ प्रतिशत सेयर स्वामित्व देखिएको छ ।
त्यसैगरि ऋषिराज मोरको १.८९ प्रतिशत, अजन्त होल्डिङ, विकास जेबी राना, कैलाश सिरोहिया, कृति अपेक्स, राहुल कुमार अग्रवाल, राजेश हाडवेयर, सन्दिप कुमार अग्रवाल, सालिमार इन्भेष्टमेन्ट, शौर्य सिमेन्ट, उज्जिवन मर्चेन्ट र वोन्डर भेन्चर्सको समान १ प्रतिशत सेयर स्वामित्व देखिएको छ ।

निजी क्षेत्रद्घारा प्रवद्र्धित हिमालयन रिइन्स्योरेन्स लिमिटेड अन्तराष्ट्रिय रेटिङ्ग एजेन्सीबाट रेटिङ्ग भएको नेपालको एक मात्र कम्पनी हो । कम्पनीले विश्वविख्यात रेटिङ्ग एजेन्सी एएम बेन्ष्टबाट बि प्लस रेटिङ्ग पाएको छ ।

कम्पनीले अन्तराष्ट्रिय बीमा बजारमा एक उदाउँदो पुनर्बीमा कम्पनीको पहिचान बनाउने क्रममा ५२ वटा भन्दा बढी देशहरुबाट पुनर्बीमा व्यवसाय भित्र्याउन सफल भएको छ ।

विश्वविख्यात पुनर्बीमा कम्पनी जनरल इन्स्योरेन्स कर्पोरशेन अफ इन्डिया (जिआइसी इन्डिया) तथा हनोई रि जस्ता ठूला पुनर्बीमा कम्पनीहरुको रिट्रोसेसन प्रोग्राममा समेत हिस्सा हासिल गर्न सफल भएको छ ।

कम्पनीले गत वर्ष मात्रै सर्वसाधारणमा नेपालको इतिहासको सबैभन्दा ठूलो प्रारम्भिक शेयर निष्काशन सम्पन्न गरेको थियो । सो सेयर निष्काशन सम्पन्न गरे लगत्तै बसेको कम्पनीको तेश्रो वार्षिक सभाले तत्कालीन चुक्ता पूँजी १० अर्वको ४ प्रतिशतका दरले हुन आउने ४० करोड बराबरको बोनस शेयर वितरण गर्ने निर्णय गरेको थियो । यति ठूलो चुक्ता पूँजी हुनुको बाबजुत कम्पनीले हरेक वर्ष ४ प्रतिशत भन्दा बढी लाभांश वितरण गर्न सक्नुलाई अभूतपूर्व सफलताका रुपमा लिन सकिन्छ ।

कम्पनीको संचालक समितिको अध्यक्षमा शेखर गोल्छा छन् । कम्पनीको संचालकहरुमा अमित मोर, शाहिल अग्रवाल, रोहित गुप्ता, राजीव मोर, सुभेच्छा खरेल, स्वतन्त्र संचालकमा सुभाष कुमार झुनझुनवाला छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) भने उपासना पौडेल छिन् ।


प्रतिक्रिया दिनुहोस्