तोलामा २५ सय रुपैयाँ सस्तियो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ? « Arthapath.com
३ असार २०८२, मंगलबार

तोलामा २५ सय रुपैयाँ सस्तियो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?



काठमाडौं । सुनको भाउ सस्तिएको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला २ हजार ५०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको भाउ १ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । जबकि, सोमबार भने नेपाली बजारमा १ लाख ९७ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

साताको तेस्रो कारोबार दिन चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँ घटेर २ हजार १६० रुपैयाँ कायम भएको छ । सोमबार भने २ हजार १६५ रुपैयाँ किनबेच भएको थियो ।


प्रतिक्रिया दिनुहोस्