शतप्रतिशत हकप्रद सेयर ल्याउँदै मोदी इनर्जी, डाक्यो विशेष साधारण सभा

काठमाडौं । मोदी इनर्जी लिमिटेडले साधारण सभाका लागि मिति तय गरेको छ । कम्पनीले आगामी असार १९ गते विशेष साधारण सभा बोलाएको हो ।
सभा रानी महल ब्यांकेट, ज्ञानेश्वर, काठमाडौंमा हुनेछ ।
सभामा कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले असार १२ गते बुक क्लोज गर्ने भएको छ ।