नेको इन्स्योरेन्सले जम्मा गरिदियो सेयरधनीको हितग्राही खातामा हकप्रद सेयर

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ ।
कम्पनीको हकप्रद शेयर नेपाल स्टक एक्सचेन्ज र सीडीएस एण्ड क्लियरिङमा सूचीकृत समेत भइसकेको छ ।
गत माघ १७ गतेसम्म कायम रहेका शेयरधनीलाई कम्पनीको चुक्ता पुँजीको २५ प्रतिशत (४ बराबर नयाँ १ कित्ता) सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो ।
हालसम्म पनि सेयर अभौतिकीकरण नगराएका सेयरधनीलाई पनि अभौतिकीकरण गर्न पनि कम्पनीले आग्रह गरेको छ । गत माघ १७ गतेपछि अभौतिकीकरण गराएका तथा लिखित आवेदन दिएका सेयरधनीलाई सेयर अभौतिकीकरण गराएपछि क्रमशः सम्बन्धित सेयरधनीको खातामा हकप्रद जम्मा हुनेछ ।