एसटीसी–यूपीटी कार्ड ग्राहकलाई मौलाकाली केवल कारमा १० प्रतिशत छुट « Arthapath.com
३ असार २०८२, मंगलबार

एसटीसी–यूपीटी कार्ड ग्राहकलाई मौलाकाली केवल कारमा १० प्रतिशत छुट



काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एसटीसी) ले जारी गर्दै आएको एसटीसी–यूपीटी कार्डका सम्पूर्ण ग्राहकहरूलाई मौलाकाली केवल कारमा १० प्रतिशत छुट हुने भएको छ ।

समुन्द्री तहबाट १८४१ फिट माथि नवलपुर जिल्लाको गैँडाकोटमा अवस्थित मन्दिरमा दर्शन गर्न आउने आगन्तुकहरूको यात्रा अझ सहज र शुलभ हुने अपेक्षा गर्दै एससीटी र मौलाकाली केवल कारले यस्तो अफर ल्याएको हो ।

अफर अन्तर्गत ग्राहकहरूले आफ्नो एसटीसी–यूपीटी कार्डबाट पिओएस मेसिन मार्फत टिकट खरिद गर्दा १० प्रतिशत छुट हुनेछ ।

एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एसटीसी–यूपीटी कार्ड जारी गर्दै आइरहेको छ । यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ ।

कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गई एसटीसी–यूपीटी कार्ड माग गरी कार्ड प्राप्त गर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्