नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध बनेको छ । पहिरोका कारण सो सडक खण्ड अवरुद्ध बनेको हो ।
आज दिउँसो १२ बजे इच्छाकामना गाउँपालिका–६ तुइनखोलामा सुक्खा पहिरो खसेको थियो । पहिरोले सडक अवरुद्ध बनेको हो ।
हाल मेसिन प्रयोग गरी पहिरो हटाउने काम भइरहेको छ ।