व्यतित बीमालेख नवीकरणमा प्रभु महालक्ष्मी लाइफले ७५ प्रतिशतसम्म छुट दिने « Arthapath.com
४ असार २०८२, बुधबार

व्यतित बीमालेख नवीकरणमा प्रभु महालक्ष्मी लाइफले ७५ प्रतिशतसम्म छुट दिने



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा आकर्षक छुट दिने भएको छ ।

कम्पनीले यस्तो बीमालेख नविकरण गर्दा ७५ प्रतिशतसम्म छुट पाइने भएको हो ।

व्यतित भएका बीमालेख असार ४ गतेदेखि असार १५ गतेसम्म नविकरण गरेमा त्यसमा लाग्ने विलम्ब शुल्कमा छुट दिने घोषणा गरेको हो ।

कम्पनीले ३ वर्षभन्दा बढी अवधिदेखि व्यतित भएका बीमालेखमा २५ प्रतिशत, २ वर्षदेखि माथि तर ३ वर्षभन्दा कम अवधिसम्म व्यतित बीमालेखमा ५० प्रतिशत र २ वर्षभन्दा कम अवधिदेखि व्यतित रहेको बीमालेखमा ७५ प्रतिशत छुट दिने भएको छ ।

यस भन्दा पहिले बिलम्ब शुल्क छुट सुविधा प्राप्त गरिसकेका बीमालेखलाई भने यो योजनामा समावेश नगरिने कम्पनीले जनाएको छ ।

साथै यस छुट योजनामा सहभागी भई छुट प्राप्त गर्ने बीमितहरुलाई पुरा बीमा अवधिभर पुनः व्याज छुट प्रदान नगरिने कम्पनीको भनाई छ । कम्पनीका अनुसार बीमालेख पुनर्जागरण गर्न अनिवार्य आवश्यक अन्डराइटिङ्ग प्रक्रिया पूरा गर्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्