एमसिए नेपाललाई नवलपरासीको ४३.६६ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति

काठमाडौं । सरकारले मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए नेपाल) नवलपरासीको ४३.६६ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ ।
एमसीएलाई ४०० केभी डबल सर्किट विद्युत प्रसारण लाइन आयोजना निर्माणका लागि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको ४३.६६ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुनवल नगरपालिका, रामग्राम नगरपालिका र बर्दघाट नगरपालिकामा पर्ने उक्त वन क्षेत्र आयोजना निर्माणका लागि प्रयोग गर्न दिने निर्णय गरेको हो ।