सानिमा रिलायन्स लाइफको अभिकर्ताहरूका लागि ‘सिप विकास कार्यक्रम’ « Arthapath.com
४ असार २०८२, बुधबार

सानिमा रिलायन्स लाइफको अभिकर्ताहरूका लागि ‘सिप विकास कार्यक्रम’



काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले कम्पनीका अभिकर्ताहरूका लागि सिप विकास कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले गत जेठ ३१ र असार १ गते बर्दियाको एक रिसोर्टमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमलाई अझ प्रभावकारी र ज्ञानवर्दक बनाउन कम्पनीमा अतुलनिय योगदान दिइरहनु भएका अभिकर्ताहरुलाई बिशेष प्राथमिकता सहितको तालिम प्रदान गर्न छिमेकि मुलुक भारतका अनुभवी प्रशिक्षक विजय कुमार झा लाई आमन्त्रित गरिएको थियो ।

झा मोटिभेसनल स्पिकर र सेल्स ट्रेनरको रुपमा भारतदेखि विश्वको विभिन्न देशहरुमा प्रख्यात छन् । भारतकै ठूलो र प्रतिष्ठित जीवन वीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेसनमा आवद्ध झाले थुप्रै कार्यानुभव र ख्याती कमाई सकेका छन् ।

यस सीप विकास अभिवृद्धि कार्यक्रममा झाले जीवन बीमा कम्पनीको सन्दर्भमा केन्द्रित रही अत्यन्त प्रभावकारी प्रशिक्षण प्रदान गरेका थिए । उनले जीवन बीमाको मूल उद्देश्य, ग्राहकको मनोविज्ञान, ग्राहकसँग सम्बन्ध निर्माण, आपत्ति समाधान गर्ने तरिका तथा दीर्घकालीन सम्बन्ध विस्तारका व्यावहारिक उपायहरूबारे स्पष्ट र प्रयोगमा ल्याउन मिल्ने सुझावहरू दिए ।

प्रशिक्षणले सहभागीहरूलाई आफ्ना बिक्री सीप सुधार गर्न, ग्राहकसँग अझ आत्मविश्वासका साथ प्रस्तुत हुन र कम्पनीको व्यवसायिक लक्ष्य प्राप्तिमा योगदान पु¥याउन प्रेरित गरेको छ ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, नायव प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल, प्रमुख व्यवसाय अधिकृतहरू, क्षेत्रीय प्रबन्धकहरू, लगायत सुदुरपश्चिम र कर्णाली प्रदेशका सबै तथा बाँके र बर्दियाको शाखा तथा उपशाखाका कर्मचारीहरूको पनि उपस्तिथी रहेको थियो ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले प्रशिक्षणको महत्व र अपरिहार्यता माथि प्रकाश पार्नुहुदै तालिमबाट सिकेका कुराहरुलाई व्यावहारिकतामा उतार्नुपर्ने बताए ।

प्रस्तुत ज्ञान र सीपको उपयोग गरेर कम्पनीको व्यवसायिक लक्ष्य प्राप्तिमा दखल पुराउन सकिने बताए ।

सोही कार्यक्रममा बोल्दै नायव प्रमुख कार्यकारी अधिकृतले सीप विकास जस्ता तालिमले अभिकर्ताहरुलाई व्यवहारिक सीप र आत्मविश्वास प्रदान गर्ने बताए । बीमालेख बिक्री दरको वृद्धि र ग्राहक सन्तुष्टिमा योगदान पु¥याउने र कम्पनीको दीर्घकालीन सफलता र प्रतिस्पर्धात्मक क्षमतालाई मजबुत बनाउने जोड दिए ।


प्रतिक्रिया दिनुहोस्