नेसनल लाइफको साधारण सभा आज, लाभांश पारित गर्ने मुख्य एजेन्डा

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा आज बस्दैछ ।
सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा छ । यो वर्ष कम्पनीले आफ्ना सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभाश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले सोही लाभांशलाई वितरणयोग्य बनाउनेछ ।
यस्तै, सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ ।
सभा प्रयोजनका लागि जेठ २२ गते बुक क्लोज गरेको छ ।